काभ्रेपलाञ्चोक । काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएको जानकारी दिए । पिकअपमा १९ जना यात्रु सवार थिए ।
घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भैरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा ससस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो । दुर्घटनामा घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेहरूमा गोलन्जर गाउँपालिकाका २३ वर्षीया प्रेम मगरको टाँउकोमा चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । घाइते सबै एकै वडाका परिवारभित्रका छन् ।
काभ्रेतर्फ सडकमा अत्यधिक जाम भएको र सिन्धुलीतर्फ जाम खुल्ने बित्तिकै सवारी साधन अत्यधिक गतिमा गुडाउने कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीले राजमार्गका विभिन्न स्थानमा प्रहरी परिचालन गरेर गति नियन्त्रणको कार्य गरेको जनाएको छ । चालक बर्ष २६ को ओम बहादुर रानाको दुवै खुट्टाको घुडामा सामान्य चोट लागेको र उनको प्रहरीको नियन्त्रणमा उपचार भइरहेको छ ।
यी हुन घाइतेहरू
१. सिन्धुली गोलन्जोर गाउँपालिका ४ बस्ने वर्ष २३ को प्रेम मगरको टाँउकोमा चोट
२. वर्ष २० को रोजिना थापा मगर
३. वर्ष १७ को भोज बहादुर थापा मगर
४. वर्ष ३५ को तारा बहादुर खुलाल
५. वर्ष ११ को सुसन मगर
६. केदार थापा मगर
७. वर्ष २० मालती खुलाल
८. वर्ष २२ को ज्ञानेन्द्र मगर
९. वर्ष २२ को जम्पा खुलाल मगर
१०. वर्ष ८ को नितेश मगर
११. वर्ष २२ को रोश्मी मगर
१२. वर्ष २५ को ओम आले मगर
१३. वर्ष २६ को ओम बहादुर राना














