Logo
Logo

तुइनखोला पहिरो पन्छाउन करिब ४ घण्टा लाग्ने


567
Shares

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो थप नझरे करिब ३–४ घण्टामा पन्छाइसकिनेछ । अहिले कार्यालयका उपकरणमार्फत पहिरो पन्छाउने काम सुरु भएको हो ।

पहिरोका कारण मध्याह्न १२ बजेदेखि दुवैतर्फ सडक बन्द भएको छ । कार्यालयले सकभर वैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुलाई सुझाएको छ । रोकिएका सवारीसाधनलाई पनि लेन अनुशासनमा रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्