Logo
Logo

देउवाका सासु-ससुरा बस्ने घरमा पनि सीआईबीको छापा


2.3k
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि छापा मारेको छ ।

The current image has no alternative text. The file name is: Sher-Bahadur-Deuba-And-Arju-Deuba.jpg

आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन् ।

छापा मार्ने क्रममा भूषण भने घरमा थिएनन् । बुवाआमा भने घरमै थिए । ललितपुर महानगरपालिका-४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो ।

सीआईबीले शङ्कास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा छापा मारेको थियो । तर, खनतलासीका क्रममा प्रहरीले कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्