Logo
Logo

स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ : घनश्याम भुसाल


945
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशलाई  असफलतातर्फ जानबाट जोगाउन तत्कालै ठोस कदम चाल्न आवश्यक रहेको बताएका छन् ।  उनले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ : घनश्याम भुसाल नखुलेको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: ghanashyam.jpg

सोमबार जारी गरेको प्रेस वक्तव्यमा उनले भदौ २३ गतेको ‘जेनजी’ प्रदर्शनमा युवाहरूले उठाएको मुद्दा सान्दर्भिक रहेको उल्लेख गर्दै उनले तत्कालै वर्तमान मुख्य नेताहरूलाई बिदा दिनुपर्ने धारणा राखेका छन् । उनले त्यस्तो कदमले दलभित्र र समाजमा नयाँ आशा र विश्वास जगाउँदै पार्टीहरूको पुनर्गठनलाई तीव्र बनाउने बताएका छन् । 

भुसालले भने, ‘संविधान जारी भएपछि आजसम्मको राजनीतिक अभ्यासको स्वेतपत्र जारी गर्नुपर्छ। सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेर श्रोत नखुलेको सम्पत्ति तत्काल राष्ट्रियकरण गर्ने सङ्कल्प गर्नुपर्छ ।’

उनले संविधानलाई राजनीतिक दलका नेताहरूले उल्लङ्घन गरेको आरोप लगाए । भ्रष्टाचार र कुशासनलाई संरक्षण गर्ने प्रवृत्तिले आम नागरिकमा निराशा र आक्रोश बढाएको उनले बताए । भदौ २३ गते भएको प्रदर्शनमा भएको नरसंहार र त्यसपछिको अराजक गतिविधिले मुलुकलाई राजनीतिक शून्यतामा धकेलेको भुसालेको भनाइ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्