Logo
Logo

कोसी सडक एक महिनादेखि अवरुद्ध


315
Shares

सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड भदौ १५ गतेको पहिरोले एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ।

मकालु गाउँपालिका–३ अल्फटेमा आएको भीषण पहिरोले २०० मिटर सडक बगाएको छ।

सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ भने स्थानीयको जनजीवन, खाद्यान्न आपूर्ति, निजी सम्पत्ति र खेतीपातीमा ठूलो असर परेको छ।

माटो दलदले भएकाले तत्काल मर्मत सम्भव नभएको र मौसम अनुकूल भएपछि मात्र काम सुरु हुने सडक योजना कार्यालयले जनाएको छ।

वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यतामा परेका स्थानीय बासिन्दा कठिनाइमा छन्। कोसी सडक चीनसँग जोड्ने रणनीतिक मार्ग भएकाले यो अवरोधले राष्ट्रियस्तरमै चुनौती थपिएको सरोकारवालाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्