Logo
Logo

कञ्चनपुरमा १५० छाउगोठ भत्काइए 


252
Shares

कञ्चनपुर । कञ्चनपुरमा छाउपडी प्रथा उन्मूलन अभियानअन्तर्गत हालसम्म दुई पालिकामा १५० छाउगोठ भत्काइएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ भत्काइएको हो । 

The current image has no alternative text. The file name is: chaugotha.gif

प्रहरी,महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाको संयुक्त पहलमा यो अभियान चलाइएको हो । कृष्णपुर-१ निगालीकी ३२ वर्षीया कमला आउजीको गत असारमा छाउगोठमा सर्पले टोकेर मृत्यु भएपछि अभियानले तीव्रता पाएको थियो । घटनापछि कृष्णपुर नगरपालिकाले छाउगोठ नभत्काउनेलाई १० हजार जरिवाना र कानुनी कारबाहीको चेतावनी दिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले नौवटै पालिकालाई छाउगोठ भत्काउन निर्देशन दिए पनि हाल कृष्णपुर र बेदकोटमा मात्र अभियान अघि बढेको छ । अन्य पालिकामा भने महिनावारीका बेला महिलाहरू छाउगोठमा बस्ने प्रथा कायमै छ । नेपालको मुलुकी फौजदारी संहिता २०७४ को दफा १६८ ले छाउपडी प्रथालाई गैरकानुनी ठहर गर्दै तीन महिना कैद वा तीन हजार जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । तथापि, सामाजिक अन्धविश्वास र परम्पराका कारण यो प्रथा ग्रामीण क्षेत्रमा कायमै रहेको छ । 

प्रतिक्रिया दिनुहोस्