काठमाडौं । सरकारले सबै मन्त्रालयका जलेर काम नलाग्ने भएका भौतिक संरचना, सवारी साधन, अन्य साधन र मेसिनरी औजार लिलाम बिक्री गर्ने भएको छ ।

५ असोजको मन्त्रिपरिषद् बैठकले ती सामान न्यूनतम लिलाम बिक्री मूल्य कायम गरी बिक्री गर्ने निर्णय गरेको थियो । सोही अनुसार यस्ता मालवस्तु मिनाहा गरी अभिलेखबाट हटाउने र लिलाम बिक्री गर्न अर्थ मन्त्रालयले सूचित गरेको छ ।
सिंहदरबार यस्ता वस्तुको लिलाम बिक्रिको व्यवस्था शहरी विकास मन्त्रालय र देशभरी स्थानीय प्रशासनबाट सो काम गर्ने निर्णय शहरी विकास मन्त्रालयले गरेको छ ।














