काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५, तुइन खोला पुल नजिकै खसेको पहिरो हटाउने काम सम्पन्न भएसँगै सोमबार साँझ ६ बजेदेखि सडक पूर्ण रूपमा खुला गरिएको हो ।
सोमबार दिउँसो उक्त स्थानमा ठूलो पहिरो खस्दा दसैंमा घर फर्किन निस्केका हजारौं यात्रु अलपत्र परेका थिए । करिब ६ घण्टाको अथक प्रयासपछि पहिरो हटाइएको र सवारी साधन दुवैतर्फ सुचारु भएको प्रहरीले जनाएको छ ।














