काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निवर्तमान सांसदहरुलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र सङ्घीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ ।

रास्वपाले बडादसैंमा शुभकामना पत्रबाहेकका उपहार नलिन पार्टी नेताकार्यकर्तालाई निर्देशन दिएको छ । पाटी प्रवक्ता मनिष झाले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
यस्तै जेनजीको अगुवाइमा भएको आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएकाले राष्ट्रिय शोकको अवस्था रहेको बताउँदै यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरेको छ ।














