Logo
Logo

समृद्ध नेपाल निर्माणका लागि सबैले योगदान गरौँ: नेपाल


252
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजको विविधताले समृद्ध संस्कृतिको संरक्षणबाट आपसी सहयोग, सद्भाव र सामाजिक एकता बलियो हुने बताएका छन् ।

The current image has no alternative text. The file name is: madhab-nepal-madhav.jpg

बडा दसैँको अवसरमा आज जारी शुभकामना सन्देशमा उनले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै समृद्ध नेपाल निर्माणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए । 

यसैगरी, अध्यक्ष नेपालले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संरक्षण गर्दै तोकिएको समयमा निर्वाचन सुनिश्चित गर्न सबै पक्षसँग सहकार्यका लागि आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्