Logo
Logo

रामेछाप-लुक्ला हवाई उडान सुरु


189
Shares

रामेछाप । रामेछाप-लुक्ला हवाई उडान सुरु भएको छ । शरद ऋतुमा समगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

The current image has no alternative text. The file name is: lukla-airport-e1729129556668.jpg

विभिन्न कम्पनीहरूले काठमाडौंबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् । 

मौसम अनुकूल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उडययन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुँरागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्