Logo
Logo

अक्टोबर ९ मा जेनजीहरूको तर्फबाट कुनै प्रदर्शन नहुने


945
Shares

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिरज ढुङ्गानाले अक्टोबर ९ मा जेनजीहरूको तर्फबाट कुनै प्रदर्शन नहुने जनाएका छन् । सामाजिक सञ्जालमा उक्त दिन प्रदर्शन हुने भनी सन्देश फैलिरहेका बेला उनले जेनजीहरूको संलग्नता नरहने बताएका हुन् ।

The current image has no alternative text. The file name is: mirj.jpg

टिकटक भिडियोमार्फत ढुङ्गानाले भने, ‘अक्टोबर ९ मा कुनै हिंसा, तोडफोड वा यस्ता कार्यमा जेनजीहरू संलग्न हुने छैनन् ।’ उनले भदौ २३ को प्रदर्शनले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै भने, ‘मुसो मार्न गएर हामीले बाघ मार्‍यौँ, तर अब त्यो बाघ जङ्गलको शान्तिमा उचाल्न सकिँदैन ।’

उनले शान्ति कायम राख्दै उपलब्धिलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । ‘एजेण्डा र स्पष्ट उद्देश्यबिना हामी कुनै प्रदर्शनमा सहभागी हुँदैनौँ,’ढुङ्गानाले भने, ‘आवश्यक परे शान्तिपूर्ण प्रदर्शन गर्न सकिएला, तर हिंसात्मक कार्यमा हाम्रो संलग्नता हुने छैन ।’

उनले शान्ति भङ्ग गर्ने मनसाय नरहेको र अहिले प्रदर्शनको कुनै औचित्य नभएको बताए । मागहरू पूरा नभए दबाब दिने र त्यसमा ध्यान केन्द्रित गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्