Logo
Logo

मृत भेटिएका प्रकाश सुनारको रक्सी खाँदा दाजुभाइसँग भएको थियो विवाद


1.3k
Shares

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका-६ लिवाङमा २४ वर्षीय प्रकाश सुनारको हत्या आरोपमा सहोदर दाजुभाइ २३ वर्षीय सन्तोष सुनार र २८ वर्षीय गोपाल सुनार पक्राउ परेका छन् । 

The current image has no alternative text. The file name is: puthan.gif

जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरी अधिकारीका अनुसार असोज १५ गते बिहान ६ बजे लिवाङको स्कूल धारादेखि मच्छी जाने कच्ची सडकमा प्रकाशको शव फेला परेको थियो । अनुसन्धानमा हत्याको आरोपमा सन्तोष र गोपाललाई सोही दिन पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार असोज १४ गते राति प्रकाश र सन्तोषले सँगै मदिरा पिएका थिए । मदिरा सेवनका क्रममा उनीहरूबीच विवाद भई झगडा भएको थियो । सन्तोषले दाजु गोपाललाई बोलाएपछि दाजुभाइले मिलेर प्रकाशमाथि कुटपिट गरेका थिए ।

कुटपिटपछि प्रकाश ढिस्कोबाट लडेर सय फिट तल सडकमा घोप्टो अवस्थामा मृत फेला परेका थिए । दाजुभाइले उनलाई ढिस्कोबाट धकेलेर लडाएका थिए वा प्रकाश भाग्ने क्रममा आफैँ लडे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रकाश र आरोपित दाजुभाइबीच नातासम्बन्ध पनि रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्