Logo
Logo

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता


378
Shares

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढीपहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय क्षति भएको छ । प्रदेश प्रदेशको इलाममा मात्र बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।

यस्तै, उदयपुर, खोटाङ र पाँचथरमा गरी नौ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । त्यसैगरी मधेस प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको र बारामा एक जना बेपत्ता रहेका छन् ।

यसैगरी, बागमतीको रसुवामा चारजना बेपत्ता भएका छन् भने काठमाडौँमा १ जना बेपत्ता रहेका छन् । योसहित बेपत्ताको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्