Logo
Logo

विपद्‌मा खेलेको भूमिकामालाई लिएर सभामुखले सरकारलाई दिए धन्यवाद


1.3k
Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले विपद्मा खेलेको भूमिकालाई लिएर धन्यवाद दिएका छन् ।

The current image has no alternative text. The file name is: devraj-ghimire.jpg

आइतबार सन्देश जारी गर्दै उनले असोज १६ गतेदेखि देशका विभिन्न स्थानहरूमा आएको बाढी/पहिरोले जनधनको ठूलो क्षति पुर्‍याएकोमा आफू अत्यन्त दुःखी र मर्माहत भएको बताएका हुन् । विपदबाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्न गर्दै उनले सरकारको भूमिकाको प्रशंसा गरेका छन् । 

सभामुखले लेखेका छन्, ‘सरकारका तर्फबाट उद्धार र पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै पीडितको राहतका लागि ध्यानाकर्षण गराउँदछु ।’

चुनौतीपूर्ण घडीमा सबै एकजुट भएर अघि बढ्ने हो भनेमात्र विपद्लाई पार गर्न सकिने उल्लेख गर्दै उनले थपेका छन्, ‘राहत तथा उद्धारमा संलग्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सबै देशबासीमा अपिल गर्दछु ।’

शुक्रवार र शनिवार निरन्तर आएको वर्षाका कारण आएको पहिरो र बाढीमा परेर ४९ जनाले ज्यान गुमाएका छन् ।  जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान गुमाउनेको सङ्ख्या धेरै छ । इलाममै ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । प्रहरीका अनुसार, इलाममा १ जना, बारामा १ जना, रसुवामा ४ र काठमाडौंमा १ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्