Logo
Logo

झापामा बाढीले ४५० घर डुबानमा, सयौं विस्थापित


315
Shares

झापा । झापामा अविरल वर्षापछि आएको बाढीले विभिन्न स्थानका ४५० घर डुबानमा पारेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बाढीपीडितको उद्धार कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा जारी छ । हालसम्म करिब १०० घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

मेचीनगर–६ मा कालीखोलाको पानी बढेर पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको छ भने शिवसताक्षी–१० मा सुकुना खोलाले ह्युमपाइप बगाउँदा सडक बन्द भएको छ ।

झापा गाउँपालिका–२ सुगाबथानमा माइखोलाको बाढी पस्दा ५६ घरका १४० जना विस्थापित भई स्थानीय विद्यालयमा आश्रय लिएका छन् । शिवसताक्षी–४, ५, ६ र ७ मा माइ खोलाको बाढीले ३५० घर डुबाएको छ भने झापा–१, ६ र ७ मा पनि बाढी पसेको छ। भद्रपुर–५ मा २५ घर डुबानमा परेका छन् र प्रभावितहरू आफन्तकामा बसेका छन् ।

मेचीनगर–१५ को सतिघट्टा र ज्यामिरगढीबीचको एक बस्ती डुबानमा पर्दा २५ घर जोखिममा छन्। उद्धार तथा स्थानान्तरण कार्य जारी रहेको प्रहरी प्रवक्ताले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्