Logo
Logo

अवरुद्ध प्रमुख राजमार्गहरू खुलाउने कार्य प्राथमिकतामा


315
Shares

काठमाडौं । बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सडकहरू क्षतिग्रस्त भई यातायात सेवा अवरुद्ध भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: kulman-ghising.jpg

मन्त्रालयका अनुसार, अवरुद्ध सडकहरू मर्मत गरी यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक उपकरण, जनशक्ति र स्रोत परिचालन गरिएको छ । विशेषगरी प्रमुख राजमार्गहरू खुलाउने कार्यलाई प्राथमिकता दिइएको छ ।

सडक विभागले दिनरात मर्मत कार्य तीव्र रूपमा सञ्चालन गरिरहेको र बाँकी सडकहरू पनि चाँडै सुचारु गर्ने प्रतिबद्धता मन्त्रालयले व्यक्त गरेको छ । पृथ्वी राजमार्ग (काठमाडौं-मुग्लिन-पोखरा र नारायणघाट खण्ड) र नारायणघाट–मुग्लिन राजमार्गमा अवरोध हटाई सवारी सञ्चालन सुरु भइसकेको छ ।

यस्तै, वीपी राजमार्ग (भकुण्डेवेसी-नेपालथोक खण्ड) र मेची राजमार्गमा अवरोध हटाउन र डाइभर्सन निर्माण गर्न तीव्र गतिमा काम भइरहेको मन्त्रालयले जनाएको छ । सडक सुचारु गर्न जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय निकायसँग सहकार्य भइरहेको छ ।

सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन सडक विभागको आधिकारिक वेबसाइट वा कल सेन्टर (९८५१४१६८९३) मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ । प्रकोपमा ज्यान गुमाउनेप्रति मन्त्रालयले श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइते र प्रभावितहरूप्रति सहानुभूति व्यक्त गर्दै धैर्य र संयम राख्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्