Logo
Logo

बाढीपहिरोबाट प्रभावित नभएका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन


2.6k
Shares

काठमाडौं । सरकारले बाढीपहिरोबाट प्रभावित नभएका जिल्लाहरुलाई सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । शनिबारदेखि भोलि सोमबारसम्म देशैभर भारी वर्षाको पूर्वानुमानसहित सरकारले सार्वजनिक बिदा दिँदै सतर्कता अपनाउन आग्रह गरेको थियो । अविरल वर्षापछि अधिकांश जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सेवा स्थगित गरेका थिए ।  

The current image has no alternative text. The file name is: Home-Ministry.gif

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आइतबार जारी पत्रबाट सो निर्देशन दिइएको हो । पत्रमा भनिएको छ, ‘विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारु गर्नु गराउनु हुन निर्णयअनुसार अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्