काठमाडौं । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन् । आइतबार उनलाई टोखाबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

नुवाकोटको ककनी गाउँपालिका-५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाई यसअघि साउन १२ मा पक्राउ परेका थिए । त्यसबेला ठमेलको नर्सिङ चोकस्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
सानुभाई कुमार श्रेष्ठ ‘घैंटे’का सहयोगी हुन् । कुमार ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । ‘घैंटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले सातौं पटक पक्राउ परेका हुन् । अहिले समिरमान सिंह बस्नेतनिकट मानिने सानुभाईलाई यसपटक पक्राउ गर्नुको कारण प्रहरीले भने प्रहरी खुलाएको छैन ।









