Logo
Logo

घाइते जेनजीले पाए परिचयपत्र


819
Shares

काठमडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ । आइतबार राष्ट्रिय ट्रमा सेन्टरमा तीन जनालाई परिचयपत्र प्रदान गरिएको छ ।

The current image has no alternative text. The file name is: genz-baneshwor-1.jpg

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हालसम्म ५६ जनालाई परिचयपत्र र २० हजार रुपैयाँ राहत वितरण गरिएको बताए ।

उनले अस्पतालमा उपचाररत, घरमा बेड रेस्टमा रहेका र आउन सक्ने घाइतेहरूलाई परिचयपत्र दिइएको जानकारी दिए । रिजालका अनुसार, थप घाइतेहरूलाई जानकारी प्राप्त भएपछि चाँडै परिचयपत्र वितरण गरिनेछ । 

सरकारले आन्दोलनमा घाइते भएकाहरूको उपचार, राहत र पहिचानका लागि यो कदम चालेको हो । यद्यपि, परिचयपत्र प्राप्त गरेका घाइतेहरूले अन्तरिम सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो गरेका छन् ।  उनीहरूले देशभर सयौँ घाइते उपचाररत रहे पनि सरकारको ध्यान नपुगेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्