Logo
Logo

तनहुँमा माइक्रोबस दुर्घटना हुँदा ११ घाइते


378
Shares

तनहुँ ।  जिल्लाको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौँडा हेल्थ पोष्टचोक नजिकैको पहिरोमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

The current image has no alternative text. The file name is: tanahu.gif

आज दुलेगौँडाबाट लालिमतर्फ जादै गरेको ग १ ज ८३१७ नम्बरको माइक्रो सडकबाट २० मिटर तल खसेको हो । 

विङ्गरमा सवार चौध महिने बच्चासहित ११ जना घाइते भएका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको उनले बताए । 

अन्य घाइतेको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । केही समय अगाडि सडकमा पहिरो गएको थियो । 

प्रतिक्रिया दिनुहोस्