Logo
Logo

बिपी राजमार्ग ठप्प : सडक विभागले भन्यो- बनाउन कम्तिमा सात दिन लाग्छ


3.8k
Shares

सिन्धुली । दुई दिनसम्म लगातार वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गमा क्षति पुगेको छ । जसका कारण अहिले बीपी राजमार्ग ठप्प भएको छ ।

रोशी खोलामा ठुलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको स्थानमा बनाइएको सडक अधिकांश ठाउँमा बगाएको छ । गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बीपी राजमार्गमा ठुलो क्षति भएको थियो ।

गत वर्षको असोज महिनामा आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायीरूपमा सञ्चालन गरिएको थियो । तर, अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौं छिर्ने यातायात साधनहरु दोलखाको चरिकोट घुमेर काठमाडौं आउजाउ गर्नुपर्ने अवस्था छ ।

सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार बिपी राजमार्ग बन्न कम्तीमा सात दिन लाग्नेछ । उनले खोलामा पानीको बहाव कम भएपछि सडक मर्मतको काम थालिने बताए । खोलाले गत वर्षजस्तै सडक कटान गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्