Logo
Logo

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गर्नेलाई कारबाही गर्न माग 


882
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी प्रतिष्ठान जलाउनेलाई कानुनी कारबाही गर्न माग गरिएको छ । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, लुटपाट तथा आतङ्क फैलाउनेमाथि कानुनी कारबाही नगर्न प्रहरीलाई दबाब दिएपछि धर्मराज तिमिल्सिनाले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई निवेदन दिएर कानुनी कारबाहीका लागि आग्रह गरेका हुन् । 

The current image has no alternative text. The file name is: sing.gif

प्रहरीले सामाजिक सञ्जालका फोटो, भिडिओमा देखिएका आधारमा केही व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही थालेपछि गृह मन्त्रालयले विज्ञप्ति नै जारी गरेर कारबाही नगर्न प्रहरीलाई दबाब दिइएको थियो । 

तिमिल्सिनाले गृहमन्त्री अर्याललाई बुझाएको ज्ञापन पत्रमा जेनजी आन्दोलनका नाममा अराजक तत्वको घुसपैठबाट देशका विभिन्न स्थानहरूमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट, नागरिकको निर्मम हत्या तथा आतङ्क फैलाउने अमानवीय कार्य भएकाले कानुनी कारबाही गर्न माग गरेका हुन् । 

निवेदनमा यस्ता गतिविधिले सर्वसाधारण नागरिकको जीवन त्रासदीपूर्ण रहेको जनाइएको छ । नेपालको संविधान बमोजिम प्राप्त मौलिक हक तथा मानव अधिकारको हरण, हनन र हस्तक्षेप भएको छ र नेपालको संविधान बमोजिम प्राप्त शान्तिपूर्ण भेला हुन पाउने अधिकारको दुरुपयोग गरी शान्ति सुरक्षामा प्रतिकूल असर पारेको भन्दै कारबाहीको माग गरिएको छ । प्रहरीले भने तोडफोडमा सङ्लन रहेकालाई हाजिरी जमानीमा छाडेको छ 

प्रतिक्रिया दिनुहोस्