Logo
Logo

भारतमा प्रधानन्यायाधीश माथि अदालतभित्रै जुत्ता प्रहार


945
Shares

काठमाडौं । भारतका प्रधानन्यायाधीश बी.आर. गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्र जुत्ता प्रहार भएको छ । ७१ वर्षीय अधिवक्ता राकेश किशोरले कोठा नं.१ मा बिहान ११:३५ बजे गवईतर्फ जुत्ता प्रहार गरेका हुन् । 

The current image has no alternative text. The file name is: lawer.gif

दिल्ली प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । किशोर मायूर विहारका बासिन्दा र सर्वोच्च अदालत बार एशोसिएशनका सदस्य हुन् ।प्रहरीका अनुसार, किशोर मध्यप्रदेशको खजुराहोस्थित जवारी मन्दिरमा रहेको भगवान् विष्णुको भग्न मूर्ति पुनर्स्थापनासम्बन्धी मुद्दामा गवईको टिप्पणीबाट असन्तुष्ट थिए । 

गवईले १६ सेप्टेम्बरमा उक्त याचिका खारेज गर्दै भनेका थिए, ‘यो प्रचारका लागि गरिएको मुद्दा हो । मूर्तिलाई केही गर्न भन्नुस्, प्रार्थना र ध्यान गर्नुस् ।’ घटनापछि किशोरलाई अदालतबाहिर निकाल्दा उनले चिच्याएर भने, ‘सनातन धर्मको अपमान हिन्दुस्तानले सहँदैन ।’ जुत्ता प्रहार हुँदा पनि गवई शान्त रहे र कारबाही जारी राख्न आग्रह गरे । उनले भने, ‘यसबाट विचलित नहोस्, मलाई फरक पर्दैन ।’ दिल्ली प्रहरीले गवईलाई ‘जेड प्लस’ सुरक्षा प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्