Logo
Logo

भोजपुरमा अविरल वर्षाले धानबालीमा क्षति


189
Shares

भोजपुर । भोजपुर जिल्लामा निरन्तर भइरहेको वर्षा र त्यससँगै आएको हावाहुरीका कारण धानबालीमा व्यापक क्षति पुगेको छ।

बाला लाग्ने संवेदनशील समयमा धान लडेपछि किसानहरू गहिरो चिन्तामा परेका छन् ।

जिल्लाको बोखिम, पोखरे, दावालगायतका क्षेत्रमा धानबाली विशेष रूपले प्रभावित भएका छन् । अधिकांश स्थानीय तहमा धानखेती हुने भए पनि असोज महिनासम्म परिपक्व अवस्थामा पुगेको धान यस वर्ष असमयको वर्षा र हावाहुरीले नष्ट पारेको किसानहरूको गुनासो छ ।

भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसान रूपनारायण फुयाँलका अनुसार, बर्सातसँगै आएको हावाले धान खेतमै ढल्किएको छ। “भारी वर्षाले पसाउँदै गरेको धान खेतमै लडेर नष्ट भएको छ,” फुयाँलले भने, “अझै केही दिन यस्तै मौसम रह्यो भने ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउनेछ ।”

स्थानीय किसानहरू अहिले खेतमा पानी जमेको, बाली सड्ने र उत्पादनमा गिरावट आउने चिन्ताले त्रस्त छन् । कृषि उत्पादनमा निर्भर जिल्लाका किसानलाई मौसमको यो असरले आर्थिक संकट थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्