Logo
Logo

हेटौँडा–काठमाडौँ वैकल्पिक मार्ग सञ्चालनमा


1k
Shares

काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने मुख्य वैकल्पिक मार्गहरू प्रदेश सरकारको सक्रियतामा पुनः सञ्चालनमा आएका छन्।

बागमती प्रदेश सरकारअन्तर्गतको ‘क्विक रेस्पोन्स टिम’ ले फाखेल र सिस्नेरी खण्डमा अवरोध हटाई सडक २४ घण्टाभित्र खुलाएको हो।

इन्द्रसरोवर गाउँपालिकाको महालक्ष्मी खोलामा आएको लेदोसहितको पहिरोले सडक अवरुद्ध भए पनि फाखेल खण्ड तीन घण्टामै र सिस्नेरी खण्डमा वर्षा रोकिएलगत्तै सडक खुलाइएको भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटाले जानकारी दिए।

अत्यावश्यक सवारीसाधनलाई मात्र काठमाडौँ प्रवेशको अनुमति दिइएको थियो भने आकस्मिक अन्तर्राष्ट्रिय उडानका लागि १०३ यात्रु सवार १५ सवारी काठमाडौँ पठाइएको थियो।

सडकमा पुनः अवरोध नहोस् भन्न चार ठाउँमा उपकरणसहित ‘क्विक रेस्पोन्स टिम’ स्ट्यान्डबाईमा राखिएको सचिव ईश्वरचन्द्र मरहठ्ठाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्