काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत भएर बाँकी रहेको विद्युत् दैनिक औसत १,००० मेगावाट निर्यात भइरहेको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।

भारतीय ऊर्जा एक्सचेन्ज ९आईएक्स० को डे९अहेड र रियल९टाइम बजारमा प्रतिस्पर्धी दरमा तथा द्विपक्षीय मध्यकालीन सम्झौतामार्फत हरियाणा र बिहारमा विद्युत् बिक्री भइरहेको सिलवालले जानकारी दिए ।
भारतको प्रसारण लाइन प्रयोग गरी बङ्गलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा र बङ्गलादेशसँग अमेरिकी डलरमा हुने गरेको छ । यसबाट प्राधिकरणले भारतीय रुपैयाँ र अमेरिकी डलरमा आम्दानी गरिरहेको छ । प्राधिकरणलाई भारत र बङ्गलादेशमा गरी कुल १,१६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त छ ।









