काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा केहीबेरपछि जाहेरी दिन जाने अखिलका महासचिव दीपक धामीले जानकारी दिए । तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन लागेका धामीले बताएका छन् ।
२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।














