काठमाडा । ‘जेनजी’ समूह पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूलाई पक्राउ गर्न माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसर पुगेको छ ।

मङ्गलवार (असोज २१) दिउँसो जेनजी समूहले माइतीघरमा प्रदर्शन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, एमाले नेता महेश बस्नेत र पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाविरुद्ध ब्यानर प्रदर्शन गरी उनीहरूलाई पनि पक्राउ गर्नुपर्ने माग राखेका थिए ।
जेनजीले तत्कालीन प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकले आन्दोलनमा दमनकारी भूमिका निभाएको आरोप लगाउँदै उनीहरूलाई पक्राउ गर्न दबाब दिएका हुन् । यस विषयमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तीनवटै सुरक्षा निकायसँग छलफल गरेको बताइएको छ।














