Logo
Logo

 जेनजीले भने-भोलि र पर्सि सडकमा जाने योजना छैन


1k
Shares

काठमाडौं । जेनजी प्रतिनिधिहरूले अक्टोबर ८ र ९ मा जेनजी पुस्ता आन्दोलनका लागि सडकमा जाने कुनै कार्यक्रम नरहेको बताएका छन् ।  मङ्गलवार जनेजी आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनीहरूले परिसर क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

The current image has no alternative text. The file name is: genz.gif

जेनजी अगुवा ओजस्वी थापाले भने, ‘अक्टोबर ८ र ९ सडकमा उत्रेर कुनै पनि आन्दोलन गर्ने योजना छैन, हामी देशमा रक्तपातमा चाहँदैनौँ । घरमा बसेका राजनीतिक दलहरूलाई आग्रह गर्छौ–सरकारलाई कानुन कार्यान्वयन गर्न दिनुस् । ’

उनले सरकार र प्रहरी प्रशासन लगायत सरकारी निकायलाई कानुन कार्यान्वयनमा सघाउन आग्रह गरे । अर्का जेनजी प्रतिनिधि जेम्स कार्कीले जेनजीले न्याय नपाएसम्म आन्दोलन नरोक्ने तर त्यो आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।   

प्रतिक्रिया दिनुहोस्