Logo
Logo

बालेन र सुदनलाई पक्राउको माग गर्दै प्रहरीमा अखिलको टोली


2.8k
Shares

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै हामी सुदन गुरुङ र काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह विरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

The current image has no alternative text. The file name is: akhil.gif

अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र हालका महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको हो । यसअघि मङ्गलवार नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सुदन गुरुङ समूहका जेनजीले निवेदन दिएका छन् । प्रहरीले उनीहरूको निवेदन लिएर गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई पठाएको जनाएको छ । 

दुवै पक्ष भद्रकालीस्थित प्रहरी परिसरमा आमनेसामने भएसँगै त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्