Logo
Logo

अपराधको अनुसन्धान गर्न प्रतिवेदन कुर्नु पर्दैन : जेनजी प्रदर्शन जाँचबुझ आयोग


1.3k
Shares

काठमाडौंं । जेनजी प्रदर्शन दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठित आयोगले फौजदारी कसुरमा अनुसन्धानका लागि आफ्नो प्रतिवेदन पर्खनु नपर्ने स्पष्ट गरेको छ ।

The current image has no alternative text. The file name is: Gauri_Bahadur_Karki.jpg

आयोगले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयको ९ असोज २०८२ को निर्देशनप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ । उक्त दिन गृहमन्त्रालयले आयोगले काम सुरु गरिसकेकाले भदौ २३ र २४ का घटनामा तत्काल अनुसन्धान नगर्न प्रहरीलाई निर्देशन दिएको थियो । 

यद्यपि, आयोगले फौजदारी अनुसन्धान र कारबाहीका लागि आफ्नो प्रतिवेदन कुर्नु नपर्ने सुझाएको छ । आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसुरमा संलग्न जोसुकैलाई नेपाल सरकारका संयन्त्रबाट तत्काल अनुसन्धान र कारबाही गर्न सकिन्छ । यसका लागि आयोगको प्रतिवेदन पर्खनु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्