Logo
Logo

ओली र रमेश लेखकविरुद्धको जाहेरी प्रहरीमार्फत उच्चस्तरीय न्यायिक आयोगमा


3.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता भएको जाहेरी काठमाडौं प्रहरीले अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोगमा पठाएको छ ।

‘जेनजी आन्दोलन’का क्रममा घाइते भएका युवाहरूका परिवारले दिएको सो जाहेरी प्रहरीले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएको हो ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई जिम्मेवार ठहर गर्दै पक्राउको मागसहित ‘जेनजी’हरूले सामाजिक सञ्जालमा अभियान चलाएका थिए।

‘हामी नेपाली’का संयोजक सुदन गुरुङसहित ‘जेनजी’का प्रतिनिधिले यसअघि सरकारलाई ओली र लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै ध्यानाकर्षण गराएका थिए।

त्यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग सो विषयमा दबाब दिएका थिए।

जेनजी र बालेन्द्र शाहको निरन्तर दबाबपछि गएराति सरकारले सुरक्षा निकायका प्रमुखहरूसँग यस विषयमा विशेष छलफल गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्