काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ ।

जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ ।
अखिलका महासचिव दीपक धामीले सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको बताउँदै भने, ‘यसविरुद्ध देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिन्छौं ।’ त्यसका लागि केन्द्रको समन्वयमा जिल्ला जिल्लामा आजदेखि जाहेरी दिने उनले बताए ।
यसअघि मंगलबार नै अखिलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दार्ता भएको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको छ ।









