काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित रोशी खोलामा एक महिलाको शव फेला परेको छ।

ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार खोलामा भेटिएको शव रोशी–९ मंगलटारकी अन्दाजी ७८ वर्षीया लक्ष्मी मलेपतीको हो। उनी हिजो बिहान घरबाट निस्केकी थिइन् तर साँझसम्म पनि फर्किन नआएपछि खोजी थालिएको थियो ।
शव कसरी खोलामा पुगेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार सम्भवतः मलेपतीलाई खोलाले बगाएर तल ल्याएको अनुमान गरिएको छ ।
रोशी–९ का वडा अध्यक्ष शिशिर लामा ‘जनम’ले पनि शव मलेपतीकै भएको पुष्टि गरेका छन्। अहिले शव तेमालको बाटो हुँदै पोस्टमार्टमका लागि धुलिखेल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।














