काठमाडौं । बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९ अंकमा झर्यो ।

दिनको सुरुवातमा बजार ५ अंकले बढे पनि नियमित कारोबार सुरु भएसँगै लगातार ओरालो लागेको हो । दिउँसो १ : ४१ बजे नेप्से २५३५ अंकसम्म झरेपछि केही सुधार भएको देखियो ।
बुधबार सेयर बजारका सबै समूह घटेका छन् । फाइनान्स र होटल समूह सबैभन्दा धेरै ३/३ प्रतिशतले घटे । अन्य समूहको गिरावट यस्तो रह्यो विकास बैंक २.२८% , हाइड्रोपावर २.३४५ , माइक्रोफाइनान्स १.८९% , जीवन बीमा १.६४% , लगानी २.०२% , निर्जीवन बीमा २.०६% , बैंकिङ १.४८% , उत्पादन १.०६%, अन्य १.२४% र व्यापार समूह ०.४३% ।
यद्यपि बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ६२ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब ७६ करोड रुपैयाँको सेयर किनबेच भयो।
१८ कम्पनीको सेयर मूल्य बढ्दा २३२ को घट्यो भने १ कम्पनीको मूल्य स्थिर रह्यो। मूल्य बढ्नेमा आत्मनिर्भर लघुवित्त ९६५० र थ्रीस्टार हाइड्रोपावर ४.७% अगाडि रहे।
सबैभन्दा धेरै घट्नेमा प्रभु इन्स्योरेन्सको सेयर मूल्य ६.१२% ले घट्यो । त्यसपछिका ठूलो गिरावट मञ्जुश्री फाइनान्स ५.९६% फर्स्ट माइक्रोफाइनान्स ५.५३% र सयपत्री हाइड्रोपावर ५.४७% का सेयरमा देखियो ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स परेका छन् ।














