Logo
Logo

बाढीले सडक बगाएपछि बीपी राजमार्गमा कष्टकर यात्रा


441
Shares

काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको वर्षाले रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डका १७ स्थानमा क्षति पुर्‍याउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

यसले गर्दा काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुली जोड्ने यात्रुहरू तीन दिनदेखि खोलातिर, भिरपाखा हुँदै पैदल यात्रा गर्न बाध्य छन् । चौकीडाँडा–नेपालथोक २० किलोमिटर सडक खण्ड पूर्ण बन्द छ भने धुलिखेलदेखि चौकीडाँडासम्म गाडी चलिरहेका छन् ।

सुरक्षाकर्मीको सहयोगमा बिरामीलाई स्ट्रेचरमा लैजाने गरिएको छ। तीन दिनमा करिब २,००० जना पैदल हिँडेका छन् ।

डिभिजन सडक कार्यालयले रोशी खोलाको बहाव कम भएपछि डाइभर्सन निर्माण सुरु गरेको छ। सिन्धुलीको नेपालथोकतर्फबाट पनि स्काभेटरमार्फत अस्थायी सडक बनाउने काम थालिएको छ। राजमार्गको स्थायी निर्माणका लागि चार भागमा ठेक्का प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्