Logo
Logo

ओली, देउवालगायतका नेताहरूमाथि छानबिन नगरेपछि सम्पत्ति शुद्धीकरण प्रमुखलाई हटाइयो


57.3k
Shares

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कृष्णप्रसाद मैनालीलाई एक महिनामै हटाएको छ।

गत भदौ १९ गते विभागमा महानिर्देशकका रूपमा ल्याइएका मैनालीले वर्तमान सरकारले चाहेजस्तो देउवा दम्पत्तिलगायत पूर्वमन्त्रीहरूलाई सम्पत्ति शुद्धीकरणमा तान्न नसकेपछि उनको सरुवा गरिएको बताइएको छ ।

सरकारले उनको ठाउँमा मंगलबारदेखि अर्थ मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरलाई ल्याएको छ। ठाकुरले मंगलबारदेखि नै काम सुरु गरिसकेका छन्।

जेनजी आन्दोलनपछि गठित सरकारले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमन्त्री दिपक खड्का, आरजु देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको सम्पत्ति छानबिन तथा अनुसन्धान प्रक्रिया सम्पत्ति शुद्धीकरण विभागमार्फत चलाएको थियो। यद्यपि विभागका महानिर्देशक मैनालीले सरकारको चाहनाअनुसार रिपोर्ट बनाउन नसकेको बुझिएको छ।

वर्तमान सरकार कुनै पनि हालतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओली र पूर्वमन्त्रीहरूलाई जेल पठाउने मनशायमा भए पनि सरकारी संयन्त्रहरूले साथ दिइरहेका छैनन्। पूर्वप्रधानमन्त्री ‌ओली र पूर्वगृहमन्त्री लेखकलाई समात्न प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले दबाब दिइरहे पनि सुरक्षा प्रमुखहरू खासगरी प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले परिस्थिति जटिल हुनसक्ने भन्दै मानिरहेका छैनन्।

उता सम्पत्ति शुद्धीकरण विभागका मैनालीले पनि सरकारले चाहेजस्तो भूमिका खेल्न नसकेपछि उनको ठाउँमा मंगलबार ठाकुरलाई ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्