Logo
Logo

निर्वाचन लक्षित अभियान : माओवादीद्वारा मतदाता अद्यावधिकमा जोड


189
Shares

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आफ्ना सबै तहका कार्यकर्तालाई मतदाता नामावली अद्यावधिक अभियानमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएको छ।

पार्टी महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी परिपत्रमा निर्वाचन आयोगको नामावली अद्यावधिक कार्यक्रमसँग समन्वय गर्दै कार्य गर्न भनिएको छ। परिपत्रमा कात्तिक ३० गतेभित्र १६ वर्ष पुगेका नागरिकको नाम दर्ता गराउने, विवाह वा बसाइँसराइका कारण मतदान केन्द्र परिवर्तन गर्नुपर्ने भएमा प्रक्रिया पूरा गर्न तथा नाम, जन्म मिति लगायत विवरणमा त्रुटि भए सच्याउन पहल गर्न आग्रह गरिएको छ।

परिपत्रमा उल्लेख गरिएको छ, “निर्वाचनमा सहभागी जनताको नामावली अद्यावधिक गर्नु लोकतान्त्रिक अभ्यासको पहिलो चरण हो। त्यसैले सम्पूर्ण पार्टी पंक्तिले यो कार्यलाई गम्भीर रूपमा लिएर आवश्यक समन्वय र सहजीकरण गर्नुपर्छ।”

पार्टीले यो अभियान निर्वाचन आयोगको कार्यतालिकासँग मेल खाने गरी सञ्चालन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्