Logo
Logo

एमाले निकट अखिलले सच्याएर बुझायो बालेन र सुदनविरुद्धको जाहेरी


3.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियुले अर्को जाहेरी पत्र बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा अर्को पत्र बुझाएको हो । मंगलबार बुझाएको पत्रमा शब्दमा त्रुटि भएकाले आज अर्को पत्र बुझाएको अखिलका महासचिव दीपक धामीले बताए ।

‘एउटा लाइनमा शब्द मिस्टेक भएको रहेछ । टाइपिङ गर्दा यस्तो भएको हो । आज अर्को पत्र बुझाएका छौँ,’ उनले भने ।

उनका अनुसा अनेरास्ववियुले दिएको जाहेरी पनि प्रहरीले छानबिन आयोगमा पठाउने बताएको धामीले बताए । ‘आयोगमा पठाउने भनिएको छ,’ उनले भने ।

यसअघि यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी पनि प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्