Logo
Logo

विपद् राहत एकद्वार प्रणालीमार्फत केन्द्रित गर्न प्राधिकरणको आग्रह


315
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित नागरिकलाई राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाउन सबै निकायलाई आग्रह गरेको छ।

सिंहदरबारमा आज बसेको ‘क्लस्टर लिड्स र को–लिड्स’ समन्वय बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले राहत कार्य दोहोरिन नदिई समन्वित रुपमा अघि बढ्न निर्देशन दिए।

सरकारले विपद् व्यवस्थापनका लागि ११ वटा क्लस्टर निर्माण गरी लिड र को लिड निकाय तोकेको छ । असोज १७–२० गतेको अविरल वर्षाबाट प्रभावित जिल्लामा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन यो बैठक आयोजना गरिएको हो ।

बैठकमा खाद्य, स्वास्थ्य, पोषण, खानेपानी, शिक्षा, सुरक्षा, आवास, शिविर व्यवस्थापन, प्रारम्भिक पुनःलाभ र आपतकालीन सञ्चार क्लस्टरका प्रतिनिधिहरूले आफ्नो कार्य र क्षमताका बारेमा जानकारी दिएका थिए।

प्राधिकरणले सबै निकायलाई पूर्वतयारीदेखि पुनःस्थापनासम्मको प्रक्रिया समन्वयमा अघि बढाउन सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्