काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्यले हालसम्मकै उच्च विन्दु छोएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ थियो। लगातारको मूल्यवृद्धिसँगै सुनको बजार मूल्य ऐतिहासिक उच्चतामा पुगेको हो।
चाँदीको मूल्य पनि उल्लेखनीय रूपले बढेको छ। बुधबार तोलामा २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ८० रुपैयाँले बढेर ३ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनचाँदीको मूल्यमा देखिएको निरन्तरको वृद्धि अन्तर्राष्ट्रिय बजारको प्रभाव, अमेरिकी डलरको भाउ तथा आपूर्ति र मागबीचको अन्तरका कारण भएको बताइन्छ।














