Logo
Logo

कालीमाटी बजारमा हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक विषादी भेटियो


189
Shares

काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएका हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले १५ वटा तरकारी पसलबाट संकलित नमुनामा परीक्षण गर्दा ४५.५९% देखि ६५.०३% सम्म अर्गानोफस्फेट नामक विषादी भेटिएको हो ।

मकवानपुरबाट ल्याइएको फर्सीमा ४५.५९% , धादिङको घिरौँलामा ६५.०३% र काठमाडौंको काँक्रोमा ५२.९२% विषादी पाइएको छ ।

सरकारी मापदण्ड अनुसार ४५५ भन्दा बढी विषादी भएको तरकारी उपभोगका लागि अयोग्य मानिन्छ ।

यसअघि पनि रायो साग र घिउसिमीमा यस्तै स्तरको विषादी फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्