काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई जनताको मनबाट कसैले हटाउन नसक्ने दाबी गरेका छन् ।
बिहीबर भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले षड्यन्त्रकारीहरूको षड्यन्त्रले सरकारबाट बाहिरिन परेपनि जनताको हृदयबाट कसैले हटाउन नसक्ने जिकिर गरेका हुन् ।

‘सरकारबाट हामी हट्नुप¥यो, तर हामीले गरेको कामको कारणले जनताको मन मस्तिष्कबाट हामी हट्न सक्दैनौँ’ उनले भने, ‘हामी सत्य कुरा लिएर फेरि जनतामा जानेछौँ । जनताको बीचमा गएर हामी राष्ट्रका बीचमा भएका षड्यन्त्रको जानकारी गराउनेछौँ ।’ उनले जनताको बीचमा गएर संविधानवादको युगतर्फ देशलाई फर्काउने बताए ।
भदौं २३ गतेको घटनामा पार्टी अध्यक्ष केपी ओलीले नै बानेश्वरमा गएर हतियार चलाएकोजस्तो कुप्रचार गरिरहेको उनले टिप्पणी गरे ।














