Logo
Logo

जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरेको हो : शंकर पोखरेल


126
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एकै पुस्ताले मात्र समाज चल्न नसक्ने बताएका छन्।

भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले समाज सञ्चालनमा चार पुस्ताको समायोजन आवश्यक रहेको बताए ।

समाज चलाउनु भनेको कुनै एक पुस्ताको लहड होइन, अनेक पुस्ताहरूको मिलन हो,’ पोखरेलले भने, पूर्वीय सभ्यताले पनि चार पुस्ताको आवश्यकता रहेको देखाउँछ ।’

उनले नेपालको परम्परा विगार्न पश्चिमाले पुस्ता विभाजन थोपरेको बताएका छन् ।

जेनजी हाम्रो पहिचान होइन, कसैले थोपरेको परिचय हो,’ उनले भने, ‘यो पुस्ता विभाजन पश्चिमले बनाएको रणनीति हो भन्ने बुझ्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्