Logo
Logo

गौरीबहादुर कार्की नेतृत्वको आयोग अस्वीकार गर्ने ओलीको घोषणा


567
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको सरकारी दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई अस्वीकार गर्ने स्पष्ट घोषणा गरेका छन्।

The current image has no alternative text. The file name is: oli-gauri.gif

भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त आयोग र त्यसको प्रतिवेदन दुवै एमालेका लागि स्वीकार्य नहुने बताएका हुन्।

ओलीले आयोगका सदस्यहरू पहिले नै आफूविरुद्ध पूर्वाग्रही भएको आरोप लगाउँदै भने, पहिले नै केपी ओलीलाई समात्नुपर्छ, थुन्नुपर्छ भन्ने विचार राख्नेहरूलाई आयोगमा राखेर छानबिन गराउने, अनि त्यसैको आधारमा कारबाही अघि बढाउने नाटक गर्ने यस्ता नाटक नेकपा एमालेलाई स्वीकार्य छैन।’

सरकारले २३ भदौको जेनजी आन्दोलनमा भएको सरकारी दमनको छानबिनका लागि आयोग गठन गरेको हो । तर आयोग प्रमुख कार्कीले विगतमा सामाजिक सञ्जालमा लेखेका स्टाटसहरूलाई लिएर एमाले नेताहरूले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएका छन् ।

ओलीले थपे, एकजना व्यक्ति जो पहिले नै विपक्षमा देखिएका छन्, अहिले तिनबाट निष्पक्ष छानबिन सम्भव हुन्छ यस्तो आयोग एमालेलाई मान्य छैन ।’

उनले आयोग गठनकै आधार नै विवादास्पद भएको भन्दै नैतिक आधारमा राजीनामा दिनुपर्ने अवस्था आउन नदिएको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्