Logo
Logo

गृहमन्त्रीले गरे तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल


2.2k
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तीन वटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । अर्यालले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् ।

The current image has no alternative text. The file name is: omparkash.gif

छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिएका हुन् । साथै, काठमाडौंमा बढेको सुरक्षा चुनौतीबारे पनि उनीहरूबीच छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्