Logo
Logo

कुलमान र महावीरलाई तत्काल राजीनामा दिएर बदनामीबाट बच्न हर्कको सुझाव


2.1k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई तत्काल राजीनामा दिन सुझाव दिएका छन् । 

The current image has no alternative text. The file name is: Harka-Raj-Rai-sampang-768x469-1.jpg

बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत मेयर साम्पाङले पुन र घिसिङलाई पदबाट राजीनामा दिएर ‘बदनामी’ बाट बच्न सुझाव दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘तत्काल राजीनामा दिएर बदनामी देखि बचुन् महावीर र कुलमान !’ यसपछि, साम्पाङले काठमाडौंमा पक्राउ परेका अभियन्ता डा।निकोलस भुसालको तत्काल रिहाइको माग गर्दै वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाएका छन् । उनले सरकारलाई विदेशी दलाल र वैधताविहीनको संज्ञा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्