Logo
Logo

भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज


1.4k
Shares

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: cabenet.gif

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।  बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्