Logo
Logo

चुनावका लागि उपयुक्त राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव


819
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चुनावका लागि उपयुक्त राजनीतिक वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । निर्वाचनको कार्यतालिका सार्वजनिक भइसके पनि सरकार र राजनीतिक दलहरूबीच संवादको कमी देखिएको भन्दै राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई यो विषयमा ध्यानाकर्षण गराएका हुन् ।

The current image has no alternative text. The file name is: sital.gif

बिहीबार अपरान्ह प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेलसहित शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी थिइन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपतिले भयरहित र विश्वासिलो वातावरणमा चुनाव सम्पन्न गर्न सबै पक्षलाई आश्वस्त पार्न सरकारलाई सुझाएका छन् । 

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले गरिरहेको तयारी र सरकारको तर्फबाट भइरहेको समन्वयबारे राष्ट्रपतिलाई जानकारी गराएकी थिइन् । सञ्चारमन्त्री खरेलले भेटमा सरकार र आयोगको तयारीबारे छलफल भएको बताए । 

सरकार गठन भएको तीन महिना बितिसक्दा पनि राजनीतिक दलहरूसँग औपचारिक संवाद नभएको गुनासो दलका नेताहरूले राष्ट्रपति समक्ष राख्दै आएका छन् । केही दिनअघि कांग्रेस नेताहरूले राष्ट्रपतिसँग भेट गरी राजनीतिक संवादका लागि सहजीकरण गर्न आग्रह गरेका थिए । त्यस्तै, एमाले नेताहरूले पनि सरकारले चुनावप्रति गम्भीरता नदेखाएको भन्दै राष्ट्रपतिसमक्ष चिन्ता व्यक्त गरेका थिए । 

यसैबीच, बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति विश्वास नभएको भन्दै चुनावमा भाग नलिने घोषणा गरेका छन् । साथै, ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको र उनीहरूलाई पक्राउ गर्न दबाब बढिरहेको अवस्थाले चुनावी वातावरण बिग्रने चिन्ता थपिएको छ । य

प्रतिक्रिया दिनुहोस्